+
Search

ताजा अपडेट +

पपुलर +

जनप्रतिनिधिको आफन्तलाई जागिर खुवाउन खोज्दा अस्थाई शिक्षकको जागिर चट्

पालिका लाइभ
२०७६ श्रावण २९, बुधबार

गोरखा- जिल्लाका केही स्थानीय तहले आफुखुशी नयाँ शिक्षकको विज्ञापन गर्दा अध्यापन गराईरहेको शिक्षकहरुको जागिर गएको छ ।

गत हप्ता शिक्षा विकास तथा समन्वय इकाईले गोरखाका ११ वटै स्थानीय निकायका शिक्षा इकाई हेर्ने प्रमुखलाई गोरखामा वोलाएर वास्तविक रिक्त दवन्दी वुझाउन आग्रह गर्दा गोरखाका केही स्थानीय निकायले आफ्ना माच्छेलाई जागिर खुवाउन दरवन्दी लुकाएकाे पीडित एक शिक्षकले अाराेप वताए ।

गोरखाको शहीद लखन गाउँपालिकाले जनशक्ति माध्यमिक विद्यालय नामजुङ्गले २४ गते नेपाली तृतीय दरवन्दीको करार शिक्षक नियुक्त गर्न दरखास्त आह्रवान गरेको थियो भने सोही गाउँपालिकाकै श्री वक्रेश्वर माध्यमिक विद्यालयले सोही दिनमानै नेपाली राहत रदवन्दीमा आफ्ना माच्छेलाई जागिर खुवाउन दरखास्त आह्रान गरेको छ ।

शिक्षक संघ-संगठन तथा जिल्ला शिक्षा कार्यालयमा भएको संयुक्त वैठकले हाल शिक्षा सेवा आयोगबाट आएका नयाँ शिक्षकलाई नियुक्त गर्दा विस्तापित भएका शिक्षकलाई उनीहरुको नियुक्ति मितिबाट जेष्ठतालाई आधार वनाई राहत तथा करार दरवन्दीमा स्थापित गर्ने नीति लिएता पनि स्थानीय तहले समन्वय इकाईलाई नटेर्दा करार शिक्षकको जागिर गएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ