गोरखा- अजिरकोट गाउँपालिकामा आर्थिक वर्ष २०७५/०७६को अन्तिम किस्ता सामाजिक सुरक्षा भत्ता वितरण कार्य शुरु भएको छ ।
गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष झल प्रसाद देवकोटाका अनुसार भत्ता सम्बन्धित व्यक्तिहरुको हातमा सजिलोसँग पुर्याउनको लागि अशक्तहरुलाई घरघरमा गएर दिने र बाकिका लागि प्रमाण सहित वडाबाट वितरण गरिने भएको छ ।
सरकारलेले जेष्ठ नागरिक, एकल महिला, बिधवा महिला, अपांगता भएका व्यक्तिहरु र दलितका बच्चाहरुलाई भत्ता दिने गरेको छ ।
सबैलाई एकरुपता ल्याउन नयाँ कार्ड दिने भनेर आवश्यक कागजात संकलन गरिए पनि गाउँपालिकाले सबै वडामा एउटै प्रकारको कार्ड उपलब्ध गराउन नसक्दा यस पटक पनि भत्ता वितरण गर्दा पुरानै पट्टा, नागरिकता, मतदाता परिचय पत्र मध्ये कुनै एकलाई आधार मानी सम्बन्धित व्यक्तिकै हातमा भत्ता दिने बताइएको छ।
कतिपय पहिले भत्ता खाएकाहरुको नाम छुट्न गएकोमा अन्यको वितरण भइसके पछि अन्तिममा निर्णय गरेर उपलब्ध गराइने पनि वडाले जनाएको छ ।
यस अघि वडामा भत्ता वितरण हुँदा केहि बाहिरी व्यक्ति मार्फत रोहवरमा भत्ता दिदा केही गडबडी भएको तथा अत्यन्तै ढिला भएको भन्दै गुनासो आएकोले अब त्यस्तो हुन नदिने अध्यक्ष देवकोटाको दाबी छ । यस अघि `सचिबको अभाव र केही प्राबिधिक कारणले ढिला भएको´ भन्ने उनको भनाइ छ ।
अजिरकोट- ५ मा केही समय यता वडा सचीवको दरबन्दी खाली हुँदा गाउँपालिकाले भच्चेक स्वास्थ्य चौकिका अहेव ठाकुर प्रसाद भट्टलाई स्थानीय पञ्जिकाधिकारीको रुपमा काजमा खटाएको र उनै मार्फत पञ्जिकाधिकारीको काम भइ रहेको र सचिवको अभावमा समयमा वडाका नागरिकहरुलाई चुस्त दुरुस्त सेवा दिन नसकिएको वडा अध्यक्ष देवकोटा बताउँछन् ।
गत २०७४ सालको स्थानीय निकाय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित देवकोटाले नेपाली काङ्ग्रेसका ठाकुर प्रसाद बडुलाई पराजित गराएका थिए ।
२०५४ सालको स्थानीय निर्वाचनना पनि साविक मुच्चोक गाविस वडा नम्बर १ बाट वडा अध्यक्ष निर्वाचित भएका देवकोटा द्वन्दकालमा पनि नागरिक र राज्य पक्षबाट विश्वास गरिएका सोझो र इमानदार जनप्रतिनिधिको रुपमा चिनिन्थे ।
हाल उनि वडा अध्यक्ष भए पछि जनताको नजरमा निकै लोकप्रिय भएको सुनिन्छ । जनताले बोलाउदा तुरुन्तै पुग्ने, समाज सेवामा चासो दिने, भ्रष्टाचारमा नमुछिएका, इमान्दार, निष्ठावान जनप्रतिनिधि भनेर जनताले कुरा गरेको पनि सुनिन्छ ।
सकेसम्म प्रक्रियागत झन्झटमा पारेर जनतालाई दुःख नदिन पाए हुन्थ्यो भन्ने उनको बिचार छ । देवकोटाले कार्यालय समय अघि पछि पनि टाढा टाढाबाट आएका सेवाग्राहीहरुलाई घरैबाट पनि मिल्नेसम्म काम गर्ने गरेको, हलुका, सरल अनि फ़ुर्तिलो वडा अध्यक्ष भएको भनेर स्थानीयहरु तारिफ गर्छन् ।
प्रतिक्रिया