+
Search

ताजा अपडेट +

पपुलर +

पार्टीमा विचलन देखिएपछि दृढतापूर्वक संघर्षमा उत्रिनु सही मार्ग हो : हरिबोल गजुरेल

पालिका लाइभ
२०८२ चैत्र ७, शनिबार

काठमाडाैं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट निष्कासित नेता हरिबोल गजुरेलले वर्तमान राजनीतिक परिस्थितिमा संघर्षको अपरिहार्यता औँल्याउँदै विद्रोहलाई अधिकारका रूपमा लिनुपर्ने बताएका छन्।

प्रसिद्ध चिनियाँ क्रान्तिकारी नेता माओत्सेतुङको भनाइ उद्धृत गर्दै विद्रोह गर्नु अधिकार भएको बताएका हुन्।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘मार्क्सवादमा हजारौँ सत्यहरू छन्, तर ती सबैलाई एउटै वाक्यमा समेट्न सकिन्छ, विद्रोह गर्नु अधिकार हो। माओको यो महान् शिक्षालाई पुनः स्मरण गर्दै र नेपाली क्रान्तिका प्रत्येक चरणको समीक्षा गर्दै हामीले स्पष्ट निष्कर्ष निकाल्नुपर्छ संघर्ष गर्नु प्रगति र विजयको मार्ग हो, र संघर्षबाट विमुख हुनु पलायन, विघटन र पराजयतर्फको यात्रा हो।’

नेपाली क्रान्तिका विभिन्न चरणहरूको समीक्षा गर्दै स्पष्ट निष्कर्ष निकाल्नुपर्ने बताए।

उनले थपेका छन्, ‘यो सटिक भनाइ पार्टीभित्र चलिरहेको संघर्षको सन्दर्भमा मात्र होइन, पार्टी बाहिर चलिरहेका सबै प्रकारका संघर्षहरूमा पनि उत्तिकै लागू हुन्छ। त्यसैले, जहाँ अन्याय र विचलन देखिन्छ, त्यहाँ दृढतापूर्वक संघर्षमा उत्रिनु नै सही मार्ग हो।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ