+
Search

ताजा अपडेट +

पपुलर +

सुकुम्बासीको लगत लिने काम सेना प्रहरीको होइन, नदिनु होला- हर्क साम्पाङ

फाइल तस्बिर
पालिका लाइभ
२०८३ बैशाख १६, बुधबार

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाली सेनाले मागेको सुकुम्बासीको विवरण नदिन आव्हान गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले सुकुम्बासीको लगत माग्ने निकाय सेना र प्रहरी नभएको भन्दै त्यस्तो लगत नदिन आग्रह गरेका हुन् ।

उनले आतंक सिर्जना गर्न खोजिएको भन्दै यो सरासर गलत भएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्: सेनाले मागेको सुकुम्बासीको लगत कुनै पनि पालिकाले नदिनु होला ! सुकुमबासीको लगत माग्ने निकाय होइन सेना र प्रहरी ! यो सरासर गलत छ ! आतंक सृजना गर्न खोजिएको हो !

सेनाले के भनेकाे थियाे ?

सेनाले सुकुम्बासी बस्तीको विवरण माग्दै स्थानीय तहलाई पत्राचार गरेपछि तरंग उत्पन्न भएको छ।

सरकारका कुनै निकायसँग सम्पर्क गर्नु परे रक्षा मन्त्रालयमार्फत पत्राचार गर्ने गरेको सेनाले अहिले स्थानीय तहलाई आफैं पत्र पठाएपछि तरंग उत्पन्न भएको हो।

सेनाको बाँकेस्थित बज्रदल गणले बर्दियाका विभिन्न ८ वटा स्थानीय तहलाई पत्र लेखेर सुकुम्बासी बस्तीको विवरण मागेको छ। पत्रमा सुकुम्बासी बस्तीसम्बन्धी अद्यावधिक विवरण आवश्यक परेको उल्लेख गरिएको छ। तर त्यसको प्रयोजन खुलाइएको छैन।

‘वैशाख १२ र १३ गते काठमाडौं उपत्यकाभित्रका नदी, किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका सुकुम्बासी बस्तीहरू हटाउने कार्यमा सुरक्षाकर्मीहरू परिचालन भएको व्यहोरा विदितै छ,’ पत्रमा भनिएको छ, ‘तसर्थ बर्दिया जिल्लामा रहेका अव्यवस्थित सुकुम्बासी बस्तीसम्बन्धी अद्यावधिक विवरण आवश्यक परेको हुँदा देहाय अनुसारको विवरण २०८३ वैशाख १४ गतेभित्र गणलाई उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ