+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ४० करोड, वितरणयोग्य कति ?

पालिका लाइभ
२०८३ बैशाख १५, मंगलवार

काठमाडौं- ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८२र८३ को तेस्रो त्रैमाससम्म ४ अर्ब ४० करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २।९३ प्रतिशतले कम हो । त्यसबेला बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस बैंकले ११ अर्ब ८८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब ६० करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १६ अर्ब २ करोड रुपैयाँ र सञ्चालन नाफा ५ अर्ब ९० करोड रुपैयाँ गरेको छ ।

बैंकको सञ्चालन नाफा ५ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ३ अर्ब ५४ लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १५.४० रुपैयाँ रहेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १७८.५३ रुपैयाँ छ । साथै बैंकको खराब कर्जा ४.९७ प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले ६ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ