+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आईएमई बैंकको ५.९९ प्रतिशत ब्याजदरमा ‘अटो लोन’

पालिका लाइभ
२०८३ श्रावण २९, शुक्रबार

काठमाडौं- ग्लोबल आईएमई बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा गाडी कर्जा प्रदान गरेको छ । बैंकले नाइमा मोबिलिटी एक्स्पो २०२६ लक्षित यस्तो योजना ल्याएको हो ।

बैंकले व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना ल्याएको जनाएको छ । सो योजना अनुसार नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्युनतम ०.५ प्रतिशत प्रिमियम थपेर कर्जा पाउने छन् । जसअनुसार न्यूनतम् ब्याजदर ५.२५ प्रतिशत कायम हुन्छ ।

बैंकको आधारदर घटबढ भए अनुसार यो कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुने बैंकले जनाएको छ । नाइमा एक्सपोमा नयाँ ईभी गाडी किन्ने ग्राहकलाई बैंकले अर्को योजना पनि ल्याएको छ ।

जसअनुसार ३ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदरको योजना छ । ३ वर्ष पछि उक्त कर्जाको दर आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुने बैंकले स्पष्ट पारेको छ ।

त्यसैगरी बैंकले अटो लोन स्वाप गर्ने योजना पनि सञ्चालन गरेको छ । अन्य बैंक तथा वित्तीय संस्थाको फाइनान्सिङमा खरिद भएको गाडीलाई पुनर्मूल्याङ्कन गरी कर्जा दिने र पुरानो संस्थाको राफसाफ गरी ग्लोबल आईएमई बैंकमा सार्न सकिने व्यवस्था पनि गरेको छ ।

बैंकले ३ वर्ष भन्दा बढी पुरानो गाडीको हकमा यस्तो सुविधा नभएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ