+
Search

ताजा अपडेट +

पपुलर +

प्रेम आलेलाई हराउँदै कैलाली–५ मा रास्वपाका चन्द निर्वाचित

पालिका लाइभ
२०८२ फाल्गुन २३, शनिबार

कैलाली– कैलाली क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन् ।

३१ हजार ९५३ मत ल्याएका चन्दले पूर्वमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेलाई पराजित गरे ।

आलेले ७ हजार ८७६ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा नेपाली कांग्रेसका नर नारायण शाह ११ हजार ९५८ मत सहित दोस्रो भएका छन् ।

पूर्वमन्त्री आले तेस्रो स्थानमा समिति भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आनन्द बहादुर चन्दलाई विजयी घोषणा गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ