+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले गर्‍यो ४ सचिवको सरुवा, को कहाँ पुगे ?

पालिका लाइभ
२०८३ श्रावण १४, बिहीबार

काठमाडौं– सरकारले ४ जना सचिवको सरुवा गरेको छ।

मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले ४ सचिवको सरुवा र १ सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेललाई सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा सरुवा गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई तथ्याङ्क कार्यालय पठाइएको छ । गत माघमा मात्रै सञ्चार मन्त्रालयमा पुगेकी बस्नेत ६ महिनामै सरुवा भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेकी सचिव राधिका अर्याललाई कर्णाली प्रदेश सरकारको प्रमुख सचिवका रूपमा सरुवा गरिएको छ ।

बागमती प्रदेश सरकारको प्रमुख सचिव रहेका बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ । अधिकारी अनिवार्य अवकाशको मुखमा रहेकाले अतिरिक्त समूहमा तानिएको हो ।

बागमती प्रदेशको कायममुकायम प्रमुख सचिवमा वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईको सरुवा गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ