काठमाडौं– विपक्षी दलको नाराबाजीबीच प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक २०८३ विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरिएको छ ।
विपक्षी दलका सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेको बेलामा सभामुखले बहुमतको आधारमा स्वीकृत भएको घोषणा गरे ।
विधेयकमाथि कुनै सांसद छलफलमा सहभागी भएनन्। यो विधेयक प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमले पेस गरेकी थिइन्। तर विपक्षीले प्रधानमन्त्री आउनुपर्ने अडान राखेका छन् ।
बैठकले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको घोषणा गरेको छ। यो प्रस्तावमाथि पनि छलफल गर्न कुनै सांसदले नाम टिपाएनन् ।
प्रतिक्रिया