+
Search

ताजा अपडेट +

पपुलर +

अपरिष्कृत वित्तीय विवरण:

राष्ट्रियस्तरका विकास बैंकले ४९ प्रतिशत बढाए नाफा, यस्तो छ लाभांश क्षमता

पालिका लाइभ
२०८३ बैशाख १५, मंगलवार

काठमाडौं– राष्ट्रियस्तरका ८ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा ४९ प्रतिशत बढाएका छन् ।

सार्वजनिक वित्तीय विवरणअनुसार यी विकास बैंकले चालु आर्थिक वर्ष २०२८२/८३ चैत मसान्तसम्म (९ महिनामा) कुल ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

गत आर्थिक वर्षको यहीं अवधिमा यी बैंकको नाफा ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ थियो । गरिमा विकास बैंकले चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म सबैभन्दा धेरै १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यस्तै वृद्धिदरका आधारमा भने लुम्बिनी विकास बैंक अगाडि छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको यस विकास बैंकले चालु आवको सोही अवधिमा ५६ करोड १६ लाख रुपैयाँ छ ।

तेस्रो त्रैमासिक समीक्षा अवधिमा विकास बैंकहरूको नाफा

विकास बैंक नाफा, चैत २०८२ नाफा, चैत २०८१ वृद्धिदर %
गरिमा १०४ करोड ८२ लाख ७३ करोड ३४ लाख ४२.९०
साइन रेसुङ्गा ७८ करोड ८४ लाख ५१ करोड ४० लाख ५३.३८
मुक्तिनाथ  ९४ करोड २६ लाख ७२ करोड ४८ लाख ३०.००
कामना सेवा ५८ करोड ८६ लाख ४९ करोड ३१ लाख १९.३६
लुम्बिनी ५६ करोड १६ लाख ४ करोड ९७ लाख १०२८
ज्योति ६२ करोड ९४ लाख ३० करोड ६६ लाख १०५.२९
महालक्ष्मी ४५ करोड ९९ लाख ४३ करोड ६५ लाख ५.३६
सांग्रिला ४८ करोड ४५ लाख ४३ करोड ४२ लाख ११.५८

त्यस्तै प्रतिसेयर आम्दानीमा गरिमा विकास बैंक नै सबैभन्दा अगाडि छ । उसको वार्षिक प्रतिसेयर आम्दानी २३.२१ रुपैयाँ छ । वितरणयोग्य नाफाका आधारमा लुम्बिनी विकास बैंक अगाडि छ । सो बैंकको प्रतिसेयर वितरणयोग्य नाफा १७.४८ रुपैयाँ छ ।

विकास बैंकहरुको लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्दा नाफामा उल्लेख्य प्रगति भएको देखिन्छ । राष्ट्रियस्तरका ८ विकास बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब ९२ करोड रुपैयाँ इम्पेरिमेन्ट चार्ज छुट्याएकोमा यो वर्षको सोही अवधिमा आउँदा २ अर्ब ८१ करोडमा झरेको छ ।

त्यस्तै खुद ब्याज आम्दानी पनि सामान्य बढेको छ । यस्तो आम्दानी गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ अर्ब ४५ करोड रुपैयाँ रहेकोमा यो आर्थिक वर्षको सोही अवधिमा १६ अर्ब ४२ करोड रुपैयाँ छ ।

विकास बैंकको प्रतिसेयर आम्दानी र प्रतिसेयर वितरणयोग्य नाफा (रुपैयाँमा)

विकास बैंक प्रतिसेयर आम्दानी प्रतिसेयर वितरणयोग्य नाफा
गरिमा २३.२१ १३.८९
साइन रेसुङ्गा २०.९३ १२.५०
मुक्तिनाथ १५.७१ ७.०२
कामना सेवा २०.०५ १४.१५
लुम्बिनी २०.६७ १७.४८
ज्योति १९.०९ ऋणात्मक
महालक्ष्मी १३.५९ ३.२५
सांग्रिला १७.३० ७.०४

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ