+
Search

ताजा अपडेट +

पपुलर +

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ६५ करोड, प्रतिसेयर आम्दानी १८ रुपैयाँ ३० पैसा

पालिका लाइभ
२०८३ बैशाख १५, मंगलवार

काठमाडौं– माछापुच्छ्रे बैंकले नाफा बढाएको छ।

चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म बैंकको नाफा ५०.४३ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको यसै अवधिमा बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको थियो। खुद ब्याज आम्दानी सामान्य बढे पनि र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

चैतसम्म बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेर ४ अर्ब ३९ करोड पुगेको छ। त्यसैगरी, खुद फि तथा कमिशन आम्दानी २८.२३ प्रतिशत बढेको छ।

बैंकको कूल सञ्चालन आम्दानी ९.९३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १६.६४ प्रतिशत बढेको छ। बैंकको कर्जा नोक्सानी बापत छुट्टाएको प्रोभिजनिङ घटेर ६७ करोड ३७ लाख रुपैयाँमा सीमित छ।

चैतसम्म बैंकको वितरणयोग्य मुनाफा ७६ करोड २२ लाख रुपैयाँ रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १४ पैसा बढेर १८ रुपैयाँ ३० पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.७७ गुणा रहेको छ।

बैंकले चैत मसान्तसम्ममा २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

गत वर्षको तुलनामा बैंकको निक्षेप र कर्जा प्रवाह दुवै बढेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ