काठमाडौं– बढुवा समितिको सचिवालयले एकैपटक ७२ जना नासु तहका कर्मचारीहरूलाई शाखा अधिकृतमा बढुवाका लागि सिफारिस गरेको छ।
समितिको हिजो बसेको बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, नेपाल प्रशासन सेवा राजस्व समूह, नेपाल विविध सेवा र महिला विकास अधिकृतका कर्मचारीहरूलाई शाखा अधिकृतमा बढुवाका लागि सिफारिस गरेको हो।
समितिले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका ५५, राजस्व समूहका १६ र महिला विकास अधिकृतमा १ गरी कुल ७२ जनालाई सिफारिस गरेको छ।
सामान्य प्रशासन समूहबाट बढुवा सिफारिस हुने कर्मचारीहरूमा सुशील शाक्य, केशवराज जमरकट्टेल, शेरबहादुर थापा, नवराज कोइराला, धर्मराज जोशी, धौलराम सार्की, बलिराम यादव, विष्णु प्रसाद पोखरेल, तारादत्त भट्ट, श्याम प्रसाद ओझा, बाबुराम शर्मा, केशव प्रसाद अर्याल, श्यामकृष्ण लामिछाने, चन्द्रबहादुर रोकाया, पुरुषोत्तम जोशी, लेखनाथ पंग्रेनी, गणेश पौडेल, हुमनाथ गैरे, हरिप्रसाद न्यौपाने, शोभाखर आचार्य, रामहरि अर्याल, ठानेश्वर सापकोटा, हरिकृष्ण भण्डारी र नवराज भट्ट लगायत रहेका छन्।
राजस्व समूहबाट रामप्रसाद बोहोरा, तुलसीराम चुवाई, गोविन्द अधिकारी, शिवहरि निरौला, सीता आचार्य, दीपक प्रसाद काफ्ले, धनबहादुर कटवाल, कुमार घिमिरे, विशाल भण्डारी, प्रभु नारायण मेहता, नोदराज पोखरेल, श्याम कुमार वलम्पाकी मगर, जानुका तिवारी, प्रदीप साह र तुलसादेवी पिठाकोटेसहित १६ जना छन्।
नेपाल विविध सेवा र महिला विकास अधिकृतमा उमा पोखरेलको नाम सिफारिस भएको छ।
समितिका अनुसार यी सबै कर्मचारीहरू ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाका लागि सिफारिस भएका हुन्।
प्रतिक्रिया