+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल बैंकले ल्यायो ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

पालिका लाइभ
२०८२ चैत्र ३, मंगलवार

काठमाडौं– नेपाल बैंक लिमिटेडले आफ्ना कर्जा ग्राहकहरूलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आकर्षक योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार २०७९ साल चैत मसान्तअघि खराब वर्गमा वर्गीकरण भएका, बक्यौता साँवा १ करोड रुपैयाँसम्मका खराब तथा अपलेखित कर्जा लिएका ग्राहकहरूले २०८३ असार मसान्तभित्र तोकिएका सर्तहरू पूरा गरी ब्याज छुट सुविधा उपभोग गर्दै कर्जा चुक्ता गर्न सक्नेछन्।

बैंकले यसलाई ग्राहकहरूका लागि ‘सुवर्ण अवसर’ का रूपमा प्रस्तुत गरेको छ।

बैंकले सम्बन्धित सबै कर्जा ग्राहकहरूलाई यो योजना अन्तर्गत उपलब्ध ब्याज छुटको सुविधा उपयोग गरी आफ्नो कर्जा चुक्ता गर्न आग्रह गरेको छ।

यस्तै, २०८० वैशाख १ गतेपछि निष्क्रिय तथा सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले पनि चैत मसान्तभित्र बक्यौता साँवा र ब्याज भुक्तानी गरी कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुट सुविधा पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ।

यसका लागि नजिकको शाखा कार्यालयमा सम्पर्क गरी योजनाको लाभ लिन बैंकले अनुरोध गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ