+
Search

ताजा अपडेट +

पपुलर +

‘ग्लोबल मनी विक’ मा एभरेष्ट बैंकको वित्तीय सचेतनामूलक कार्यक्रम

पालिका लाइभ
२०८२ चैत्र ९, सोमबार

काठमाडौं– नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष पनि एभरेस्ट बैंकले ग्लोबल मनी विकको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।

चैत २ देखि ८ गतेसम्म साताव्यापी रूपमा देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

यस कार्यक्रम अन्तर्गत बैंकले आफ्ना ७ वटै प्रदेशका शाखाहरूमार्फत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

बैंकका अनुसार कार्यक्रममा ३ हजार भन्दा बढी विद्यार्थीहरूमाझ वित्तीय साक्षरताको सन्देश प्रवाह गरिएको छ ।

‘उक्त कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा नै अवलोकन गराई सेवाहरूबारे व्यावहारिक जानकारी समेत गराइएको छ’ बैंकले एक विज्ञप्तिमा भनेको छ ।

‘स्मार्ट मनी टक्स’भन्ने नाराका साथ सञ्चालन गरिएका यी कार्यक्रममा युवाहरूलाई वित्तीय ज्ञान, सिप, मनोवृत्ति, वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबारका साथै बैंकहरूले दिने सेवा र त्यसमा अपनाउनुपर्ने सावधानी जस्ता महत्त्वपूर्ण विषयहरूमा सचेत गराइएको थियो ।

एभरेष्ट बैंकका हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक छन् भने देशभर १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू र १६३ वटा एटीएम सञ्चालनमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ