+
Search

ताजा अपडेट +

पपुलर +

बैंकिङ कसुरका फरार अभियुक्त साैरपानीका सञ्जय पनेरू काठमाडौंबाट पक्राउ

पालिका लाइभ
२०८२ चैत्र ४, बुधबार

काठमाडौं- बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका गोरखाका सञ्जय पनेरू पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखा र काठमाडौं प्रहरीको संयुक्त विशेष टोलीले उनलाई काठमाडौंको वनस्थली क्षेत्रमा लुकेर बसेको अवस्थामा आज बिहान नियन्त्रणमा लिएको हो।

बारपाक सुलिकोट गाउँपालिका–४ साैरपानीका पनेरूलाई आज बिहान विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी काठमाडौंमा लुकिछिपी बसिरहेको भन्ने जानकारी पाएपछि गोरखाबाट खटिएको प्रहरी टोली र काठमाडौंको टोलीले संयुक्त अपरेसन सञ्चालन गरेको थियो।

प्रहरीका अनुसार पनेरूले विभिन्न बहानामा सर्वसाधारणलाई ठगी गर्दै आएको खुलेको छ। गोरखा जिल्लामा मात्रै उनी विरुद्ध बैंकिङ कसुरसम्बन्धी १० वटा मुद्दामा फैसला भइसकेको छ र ती सबैमा उनी मुख्य दोषी ठहरिएका छन्।

जिल्ला अदालत गोरखाले विभिन्न मितिमा गरेको फैसलाअनुसार पनेरूलाई कुल १ करोड १२ लाख ५० हजार रुपैयाँभन्दा बढी जरिवाना र ३६ दिन कैद सजाय तोकिएको छ। उक्त सजाय कार्यान्वयनका क्रममा उनी लामो समयदेखि फरार रहँदै आएका थिए।

पक्राउ परेका पनेरूलाई अब आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालतमा बुझाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ