+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेशभरीकै प्रभावशाली मानिएका रावल पराजित, अछाममा २६ वर्षपछि कांग्रेसको कमब्याक

पालिका लाइभ
२०८२ फाल्गुन २३, शनिबार

काठमाडौं–अछामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका भरतकुमार स्वाँर १० हजार ७५९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी भीम रावलले १० हजार २३३ मत पाए ।

रावल ५२६ मतले पराजित भएका हुन् । रावलले यसअघि लडेका पाँचमध्ये तीनमा जित र दुई निर्वाचनमा पराजय भोगेका थिए ।

कांग्रेसले भने यो क्षेत्रमा २६ वर्षपछि जित निकालेको हो ।

यसअघि अछाम– १ मा कांग्रेसका गोविन्दबहादुर शाह २०५६ सालमा विजयी भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ