+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेश संरचनाबारे भ्रम छ, मन्त्री–सांसदले खाने तलब न्यून होः बालेन शाह

पालिका लाइभ
२०८२ माघ २०, मंगलवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रदेश संरचनाबारे भ्रम सिर्जना गरिएको टिप्पणी गरेका छन् ।

मंगलबार झापा–५ का मतदातासँग कुराकानी गर्दै बालेनले प्रदेश संरचनामा भएको खर्चले देश कमजोर भएको भाष्य नै गलत भएको बताएका हुन् ।

मतदातासँग कुराकानी गर्दा बालेनले शिक्षा र स्वास्थ्यका विषयमा संविधानमा भएको व्यवस्थाअनुरूप काम गर्न बजेट अभाव रहेको कुरा बताएका थिए । जसको जवाफमा एक मतदाताले ‘बजेट छैन भने प्रदेश संरचना खारेज गरे पर्याप्त पैसा बच्ने’ दाबी गरेका थिए ।

त्यसपछि बालेनले भने, ‘होइन–होइन, प्रदेश संरचनामा न्यून खर्च हो । तलबमा जाने न्यून खर्च हो । त्यो पनि एक भ्रम हो । मन्त्रीले र सांसदले खाएको तलबले यस्तो स्थिति आएको होइन ।’

नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भएको भन्दै बालेनले मतदातालाई आश्वास्त पार्न खोजेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ