+
Search

ताजा अपडेट +

पपुलर +

जनकल्याणमा करिब १०० विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

पालिका लाइभ
२०८२ माघ १२, सोमबार

गोरखा– सिरानचोक गाउँपालिका–७, श्रीनाथकोटस्थित जनकल्याण माध्यमिक विद्यालयमा करिब १०० जना विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामग्री तथा सेतो छडी वितरण गरिएको छ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५, नेपाल अन्तर्गतका विभिन्न लायन्स क्लबहरू र नेपाल बाल संगठन, गोरखाको संयुक्त पहलमा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका विद्यार्थीहरूलाई उक्त सामग्री वितरण गरिएको हो।

विद्यालयका पूर्व विद्यार्थी तथा लायन्स क्लब अफ गोरखा दरबारका प्रथम उपाध्यक्ष प्रताप ढकालले आफ्नै अध्ययन गरेको विद्यालयमा सेवामूलक कार्यक्रम सञ्चालन गर्न पाउँदा आफू भावुक भएको प्रतिक्रिया दिए। उनकै विशेष पहल र सक्रिय समन्वयमा विद्यार्थीहरूलाई आवश्यक सहयोग सामग्री प्रदान गरिएको हो।

कार्यक्रमका वक्ताहरूले शिक्षा, सेवा र संवेदनाको संयोजनले मात्र समुदायलाई सशक्त बनाउन सकिने उल्लेख गर्दै यस्ता सहयोग कार्यक्रमहरूले बालबालिकाको भविष्य निर्माणमा दीर्घकालीन प्रभाव पार्ने धारणा व्यक्त गरे।

बसाइँसराइ र स्रोत अभावको समस्याबाट प्रभावित यस विद्यालयमा सम्पन्न सहयोग कार्यक्रमले विद्यालय परिवार, विद्यार्थी तथा स्थानीय समुदायमा आशा, अपनत्व र आत्मविश्वासको सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ