+
Search

ताजा अपडेट +

पपुलर +

श्रम संस्कृतिको सिद्धान्त विदेशीको ऋण होइन, ढुंगा बोक्ने हो: हर्क साम्पाङ

पालिका लाइभ
२०८२ चैत्र २८, शनिबार

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश विकासको लागि श्रमदानमा जोडिनुको विकल्प नभएको बताएका छन्।

ललितपुरमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै विकासको लागि श्रम गर्नुपर्ने वा विदेशी ऋणको भार बोक्न तयार हुनुपर्ने बताए।
यद्यपि, आफ्नो पार्टीले भने श्रम संस्कृतिलाई प्राथमिकतामा राखेको बताए।

उनले भने, ‘ढुङ्गा बोक्ने र माटो छुने काम नै वास्तविक विकासको आधार हो। विदेशी ऋणमा आधारित विकासभन्दा आफ्नै श्रममार्फत निर्माण गरिने संरचनाले देशलाई दिगो र आत्मनिर्भर बनाउँछ। श्रमदानलाई देशप्रतिको समर्पणको प्रतीकका रूपमा लिनुपर्छ। यसमा कुनै व्यक्तिगत लाभको अपेक्षा हुँदैन।’

उनले आफूहरूले श्रमदानबाट दार्चुलामा पुल निर्माण कार्य अघि बढाएको बताए। श्रमदानलाई धार्मिक आस्थासँग तुलना गर्दै मन्दिर, मस्जिद वा गुम्बामा जाँदा मानिसले केही न केही माग्ने भए पनि श्रमदानमा भने निस्वार्थ भावनाले दिने मात्र हुने बताए।

उनले थपे, ‘ठेकेदारमार्फत हुने विकास र श्रमदानबाट हुने विकासबीचमा फरक हुन्छ। श्रमदानले छिटो, सस्तो र प्रभावकारी नतिजा दिन्छ। ठेक्काबाट एक महिना लाग्ने काम श्रमदानबाट १० दिनमै गर्न सकिन्छ।’

उनले धरानमा आफूले ३५ वर्षदेखि ल्याउन नसकिएको पानी ९८ दिनमै श्रमदानमार्फत ल्याएको बताए। देशमा उत्पादन घट्नुको कारण श्रमप्रतिको हिचकिचाहट रहेको समेत बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ