+
Search

ताजा अपडेट +

पपुलर +

माछापुच्छ्रे बैंकले नेपालपे कार्ड जारी गर्ने, इएफटीमार्फत भुक्तानी प्रोसस गर्न एनसीएचएलसँग सम्झौता

पालिका लाइभ
२०८३ बैशाख ४, शुक्रबार

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेड र एनसीएचएल बीच इएफटी कार्ड स्वीचमार्फत नेपाल-पे कार्डको पेमेन्ट इनेबल गर्न सम्झौता भएको छ ।

एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकको प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त सम्झौता पत्र आदानप्रदान भएको हो ।

एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड स्वीच ( एनपीएस-एनसीएस) सँग इन्टिग्रेट भइसकेको र उक्त सम्झौता पश्चात् माछापुच्छ्रे बैंकले आफ्नो ग्राहकहरूका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ, साथै डिस्कभर नेटवर्क अन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरू र रुपे कार्ड समेत अक्वायर गरी नेपालपे कार्डका कारोबारहरू प्रोसेस गर्न सक्नेछ ।

पहिलो चरणमा बैंकले आफ्नो १९९ भन्दा वटा एटीएम र ३००० भन्दा वटा पीओएस टर्मिनल मार्फत नेपालपे कार्डको अक्वायरिङ्गका लागि इनेबल गर्नेछ भने क्रमिक रूपमा उक्त कार्ड आफ्नो ग्राहकहरूलाई जारी समेत गर्नेछ ।

एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरिसकेको छ भने अन्तर्राष्ट्रिय पार्टनर डिस्कभर नेटवकमार्फत नेपालपे कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ । नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ । साथै अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डहरू पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ ।

एनसीएचएलको इएफटी सर्भिसेस् मार्फत हाल १० वटा सदस्य बैंक वित्तीय संस्थाहरूले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्कीमहरु प्रोसेस गर्दै आइरहेका छन् । हालै इएफटी र नेशनल पेमेन्ट स्वीच बीचको इन्टिग्रेसनसंगै अब नेपालपे कार्ड पनि प्रोसेस गर्न सक्ने भएको हो । इएफटीका अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरूले पनि नेपालपे कार्ड अक्वायर तथा इस्यू गर्ने तयारी गरिरहेका छन् ।

हालसम्म नेपालपेमा ३४ भन्दा बढी बैंक वित्तीय संस्थाहरू आबद्ध भई रोलआउटको विभिन्न चरणमा छन् । नेपालपे कार्ड कार्यान्वयनमा आइसकेको छ र हाल २ वटा कमर्सियल बैंकहरुले कार्ड इस्यू गर्न सुरु गरिसकेको छ भने तीन वटा कमर्सियल बैंकहरुले अक्वायरिङ्ग पनि गर्दै आइरहेको छ र आगामी दिनहरूमा यो वृद्धि हुने अपेक्षा गरिएको छ ।

नेपालका अग्रणी बैंकहरु मध्येको माछापुच्छ्रे बैंकले हाल १८ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्लो समय देखि बैंक डिजिटलाइजेसन तर्फ केन्द्रित हुँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई तीव्र रूपमा रूपान्तरण गर्दै आइरहेको छ ।

देशभर बैंकका १६५ वटा शाखा, १२ विस्तारित काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा तथा १९९ एटीएम टर्मिनल सञ्चालनमा रहेका छन् । बैंकका हालसम्म ४ लाख भन्दा बढी कार्डहोल्डर ग्राहकहरू रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ