काठमाडौं– नेपाली कांग्रेस, गोरखाका महासमिति सदस्य तथा पुराना स्थापित नेता वेद प्रसाद काप्रीले पार्टी परित्यागको घोषणा गरेका छन् ।
आइतबार वक्तव्य जारी गर्दै उनले अब कांग्रेसको सक्रिय सदस्य नवीकरण नगर्ने र कुनै पनि संरचनामा आफूलाई नराख्न तथा पत्राचार र निर्देशन नपठाउन आग्रह समेत गरेका छन् ।
हालै सम्पन्न विशेष महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनुको साटो समाज र परिवारभित्रै विभाजन बढाएको र अग्रजले स्थापित गरेको कांग्रेसको मान्यता भत्काएको भन्दै उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।
काप्रीले टिकट वितरणमा पक्षपात, नातावाद र लेनदेन भएको समेत आरोप लगाएर कांग्रेस छाडेका छन् ।
उनी शेरबहादुर देउवा पक्षका नेता हुन् । अजिरकाेट गाउँपालिका वडा न ५ मुच्चाेक ढिक्काका नेता काप्री गोरखाका स्थापित नेतासमेत हुन् ।
प्रतिक्रिया