+
Search

ताजा अपडेट +

पपुलर +

बैंकहरूको ब्याजदर निरन्तर ओरालो, माघमा कुनको कति ?

पालिका लाइभ
२०८२ पुष ३०, बुधबार

काठमाडौं– वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर थप घटाएका छन् ।

उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै बैंकहरूको ब्याजदर थप घटेको हो । बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन् ।

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा माघमा ०.१४९५ प्रतिशत विन्दुले झरेको छ । पुसमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.८३४ प्रतिशत रहेकोमा माघमा ४.६८४५ प्रतिशतमा झरेको छ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर स्वतः घट्छ ।

व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर माघमा ५.५ प्रतिशतमा कायम भएको छ । ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै ५.५ प्रतिशत ब्याजदर तय गरेको छ ।

पुसको तुलनामा माघमा ११ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ८ ले स्थिर राखेका छन् । एउटाले बढाएको छ । अधिकांशले ब्याजदर घटाएसँगै औसतमा ब्याजदर घटेको हो ।

ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स छन् ।

त्यस्तै स्थिर राखेकामा नेपाल, एनआईसी एसिया, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी छन् । एउटा बैंक प्राइम कमर्सियल बैंकले सामान्य बढाएको छ ।

छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् ।

बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।

राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि बोन्ड, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्दै आएको छ ।

अधिकतम ब्याजदर (प्रतिशतमा)

बैंक पुसको ब्याजदर माघको ब्याजदर
कृषि विकास ४.५५ ४.४
सिटिजन्स ४.७५ ४.५
एभरेस्ट ४.७५ ४.४
ग्लोबल आईएमई ५.५ ५.५
हिमालयन ५.५
इन्भेस्टमेन्ट मेगा
कुमारी ४.५३ ४.४३
लक्ष्मी सनराइज ४.७५ ४.५
माछापुच्छ्रे ४.५
नबिल ४.५५ ४.५५
नेपाल ५.१ ५.१
नेपाल एसबीआई ४.५५ ४.४
एनआईसी एसिया
एनएमबी
प्राइम कमर्सियल ४.२५ ४.४
प्रभु ४.५५ ४.५५
राष्ट्रिय वाणिज्य
सानिमा ४.७५ ४.५५
सिद्धार्थ ४.५५
स्टान्डर्ड चार्टड ४.६ ४.३६

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ