+
Search

ताजा अपडेट +

पपुलर +

टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा

पालिका लाइभ
२०८२ पुष २२, मंगलवार

काठमाडौं- भारतमा हुने आईसीसी टी-२० विश्वकपमा लागि नेपाली टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार घोषणा गरेको टोलीमा कुलश मल्ल पर्न सकेनन् भने शेर मल्ल पहिलो पटक टोलीमा समावेश भएका छन्। त्यस्तै हालै नेपाली टिममा पुनरागमन गरेका आदिल आलम पनि टोलीमा अटाएका छैनन्।

रोहित पौडेलको कप्तानीमा रहेको टिममा दीपेन्द्र सिंह एैरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकश बम रहेका छन्।

नेपाल प्रिमियर लिगको दोस्रो सिजनमा राम्रो प्रदर्शन गरेका शेर पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका हुन्।

फब्रेवरी ७ देखि मार्च ८ सम्म चल्ने विश्वकपमा नेपालले बेलायत, बंगलादेश, वेस्टइन्डिज र इटालीसँग खेल्ने छ।

नेपालका सबै खेल भारतको मुम्बइस्थित वानखेडे रंगशालमा हुने छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ