+
Search

ताजा अपडेट +

पपुलर +

जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस्

पालिका लाइभ
२०८२ पुष १०, बिहीबार

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफू पार्टी राजनीतिमा आएको बताउँदै सहकार्य गर्न जेनजी अगुवाहरूसँग आग्रह गरेका छन् ।

ललितपुरको कुुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बनेको घरमा बिहीबार जेनजी अगुवा रक्षा बमको नेतृत्वमा पुगेको टोलीसँग केहीबेर कुराकानी गर्दै पहिले सबै मिलेर आउन आग्रह गरेका हुन्।

जेनजी अगुवा योगेन्द्र भण्डारीका अनुसार, मेयर शाहले सबै जेनजीहरू एकजुट भएर आउन पनि मेयर शाहले आग्रह गरेका छन् ।

‘म पार्टी राजनीतिमा आएँ । अब सहकार्य गरौं । सबै जेनजी एक भएर आउनुस्,’ मेयर शाहले भनेको भनाइ उद्धृत गर्दै जेनजी अभियन्ता भण्डारीले भने ।

मेयर शाहले आजै मात्र रास्वपा सभापति रवि लामिछानेदेखि अन्य दलका नेता एवं निवर्तमान सांसदसँग छलफल गरेका छन् ।

बालेनलाई भेट्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगेका छन् ।

आजै मेयर शाह, ऊर्जामन्त्री कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच पुन: छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ