+
Search

ताजा अपडेट +

पपुलर +

आज मंसिर २२ गते सोमबार, यस्तो छ तपाईको राशिफल

पालिका लाइभ
२०८२ मंसिर २२, सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अवसर प्राप्त भएतापनि कार्यक्षेत्रमा बाधा आउनेछ । सूचना बाहिरिनाले गोपनियता भंग होला सावधान रहनुहोस् । गृहणीहरूको गृहकार्यमा धेरै समय बित्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

शुभचिन्तकहरूको मनोभावलाई विचार गरेर व्यवहार गर्नुहोस् । आत्मविश्वासमा वृद्धि हुनेछ । व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला । आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

प्रयत्न गर्दा आर्थिक पक्षमा सुधार आउनेछ । खर्चमा वृद्धि हुनेछ । कामकाजलाई लिएर आफन्तहरूबाट टाढा हुनुपर्ला । स्वास्थ्य सबल रहनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सेवामूलक कार्यले समाजमा नाम स्थापित गर्न सक्रिय भूमिका निभाउनेछ । नयाँ अवसरको खोजीमा सफलता मिल्नेछ । कानुनी पक्ष सबल रहनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

लागतको मूल्यांकन नगरी कार्य गर्नुभयो भने समस्या निम्तिन सक्छ । नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । छालारोग सम्बन्धी पुरानो समस्या बल्झिनाले मन चिन्तित रहन सक्छ । आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

दैनिक आवश्यकताको पूर्ति हुनेछ । मेहनतको उपयुक्त प्रतिफल प्राप्त हुनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । श्रमको उचित मूल्यांकन प्राप्त हुनेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुर्नेछ । लगनशीलताले कीर्तिमान वा यश दिलाउन सक्छ । सरकारी कामकाजमा सकारात्मक प्रभाव बढ्नेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धार्मिक वा सामाजिक जिम्मेवारी वहन गर्नुपर्ला । परोपकार र सहयोगको भावनाले धेरैको मन लोभ्याउन सकिनेछ । कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अ्क ४ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

व्यपार व्यवसायमा पारदर्शिता राख्नुहोस् । नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । आफन्तहरूबाट भनेजस्तो सहयोग प्राप्त होला । आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

दिगो काम थाल्ने समय रहेको छ । शत्रुहरू सक्रिय रहनेछन् झुठो आरोप लाग्न सक्छ सचेत रहनुहोस् । साझेदारी व्यापारमा लाभ रहनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मेहनतीहरूको लागि उत्साहवर्धक समय रहनेछ । महत्वकांक्षी योजनाहरू प्रारम्भ हुनेछन् । वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला । द्वेष वा ईर्ष्या गर्नेहरू हार खानेछन् । आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । करियरलाई लिएर नयाँ अवसरहरू प्राप्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ७ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ