मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कला वा साहित्यको क्षेत्रमा विशेष सफलता मिल्नेछ । कामलाई लिएर आफन्तहरूबाट टाढिनुपर्ला । धन सञ्चयनका नयाँ बाटोहरू फेला पर्नेछन् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
प्रतिष्ठित कामले समाजमा मानसम्मान प्राप्त हुनेछ । चञ्चल स्वभावले गर्दा गलत कार्यमा फसिएला विचार पुर्याउनुहोला । नयाँ कामको जग बसाउने समय रहेको छ । आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कार्यक्षेत्रमा काम दोहोराएर गर्नुपर्ला । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । व्यावसायिक उद्देश्यलाई लिएर यात्रा गर्नुपर्ला। स्वास्थ्यमा सुधार आउनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यक्षेत्रमा अनुकूल परिस्थितिले मन रमाउनेछ । धैर्यवान भएर कार्य गर्नुहोस काम समयमा सम्पादन गर्न सकिनेछ । शेयर बजार बाट मनग्य लाभ आर्जन गर्न सकिनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका कार्यहरूले गति लिनेछ । शुभचिन्तकहरूको साथ र सहयोग जुट्नाले व्यावसायिक निर्णयमा लाभ मिल्नेछ । आलोचकहरूबाट पनि प्रशंसा पाइनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यक्षेत्रमा अधिनस्थ कर्मचारीहरुको सहयोग प्राप्त हुनेछ । संतानको भविष्यलाई लिएर नयाँ निर्णयहरू लिने समय रहेको छ । धर्म कर्ममा मन जानेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
गैर जिम्मेवारीपनाले आर्थिक हानि हुन सक्छ सचेत रहनुहोस् । स्वास्थ्यमा खानपिनमा ध्यान राख्नुहोस् । अरुमाथि धेरै भरोसा गर्नाले विश्वासघात हुन सक्छ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरपरिवारमा प्रसन्नता पूर्ण वातावरण रहनेछ । व्यापारिक वर्गहरूलाई नयाँ अनुबन्ध मिल्नेछ । प्रतियोगी परीक्षामा सोचे अनुरुप परिणाम मिल्नेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कार्यक्षेत्रमा आलस्य गरेर काम टाल्ने प्रयास नगर्नुहोला । कुराकानी गर्दा विनम्र भाषाको प्रयोग गर्नुहोस् सकेसम्म अप्रिय बोलीको प्रयोग नगर्नुहोला । कार्यक्षेत्रमा बर्चस्व बढाउन सक्नुहुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा राम्रो परिणाम प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । भावानात्मक आवेगभन्दा विवेकलाई प्राथमिकता दिनुहोस् । आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
स्वास्थ्यका विषयमा बिशेष सतर्कता अपनाउनुहोस् । आलस्य त्यागेर लगनशीलताको साथ कार्यक्षेत्रमा अगाडि बढ्नुहोस् । आफन्तहरू सहयोगी सिद्ध हुनेछन् । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक छ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आत्मविश्वासमा र मनोबलमा वृद्धि हुनेछ । भाग्यको साथ मिल्नाले योजना गरेका हरेक कुरालाई पूरा गर्न सकिनेछ । सवारी साधन चलाउँदा सावधान रहनुहोला । आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ ।
प्रतिक्रिया