+
Search

ताजा अपडेट +

पपुलर +

संकटमा एनआईसी एशिया बैंक:

एनआईसी एशिया बैंकको नाफामा ७६.९७% गिरावट, खराब कर्जा बढ्दै, लाभांश असम्भव

एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा १६ करोड १५ लाख रुपैयाँ मात्र रहेको जनाएको छ। बैंकले असुल नहुने कर्जा र सम्भावित घाटाको सामना गर्न ४ अर्ब १४ करोड रुपैयाँ प्राेभिजन राख्दा नाफामा उल्लेख्य गिरावट आएको हो। प्रतिकित्ता आम्दानी १ रुपैयाँ ८ पैसा मात्र देखिएको छ भने प्रतिकित्ता निवल सम्पत्ति १२७ रुपैयाँ ३० पैसा कायम छ।

पालिका लाइभ
२०८२ भाद्र ४, बुधबार

काठमाडौं– एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकले असार मसान्तसम्ममा १६ करोड १५ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिसँग तुलनामा ७६.९७ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७० करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले नाफा कम हुनुको मुख्य कारण असुल नहुने कर्जा बढ्नु हो । कर्जा नउठदा बैंकले सम्भावित जोखिमका लागि छुट्याउने रकम बढ्छ । बैंकले गत आवको असार मसान्तसम्म वितरणयोग्य नाफा ५ अर्ब २१ करोड १८ लाख ऋणात्मक देखाएको छ । जसले यसवर्ष लाभांश वितरण असम्भव बनाएको छ। खराब कर्जा अनुपात ६.२८ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्षको ३.४५ प्रतिशतको तुलना गर्दा दोब्बरभन्दा बढी हो।

बैंकले उच्च जोखिमको सामना गर्न ४ अर्ब १४ करोड रुपैयाँ सम्भावित घाटा वा असुल नहुने कर्जा रोक्न बैंकले पहिल्यै सुरक्षित राखेको छ । यसले छोटो अवधिमा नाफालाई घटाउँछ तर दीर्घकालीन वित्तीय स्थायित्वका लागि आवश्यक कदम हो।

एनआईसी एशिया बैंकले विगत केही वर्षमा शाखा विस्तार र बजार विस्तारमा आक्रामक नीति अपनाउँदै आएको छ । यसले ग्राहक संख्या र निक्षेप संकलन बढाउन मद्दत पुर्‍याएको भए पनि असुल नहुने कर्जाको बढ्दो दरले बैंकको जोखिम व्यवस्थापन क्षमतामा चुनौती प्रस्तुत गरेको छ। बैंकले आधार दर ७.०४ प्रतिशत कायम गरेको छ, जुन बजारका उच्च दरमध्ये एक हो। यसले ब्याज आम्दानी सुरक्षित राख्न मद्दत गर्छ, तर ग्राहकको ब्याज बोझ बढाउँछ।

सार्वजनिक वित्तीय विवरण अनुसार, बैंकको सञ्चालन मुनाफा १ अर्ब २७ करोड २१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २ अर्ब ३ करोड ३७ लाख रुपैयाँ थियो। यसरी सञ्चालन मुनाफा पनि करिब ३७.४४ प्रतिशतले घटेको छ।

बैंकले गत वर्ष १० अर्ब २५ करोड ६२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म १० अर्ब ७६ करोड ३२ लाख रुपैयाँ थियो। यसरी ब्याज आम्दानी ४.७१ प्रतिशतले बढेको भए पनि नाफामा ठुलो गिरावट आएपछि यसले वित्तीय स्वास्थ्यमा दबाब दिएको छ।

चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङ ५ अर्ब २१ करोड १८ लाख ऋणात्मक देखिएको छ। रिजर्भमा १९ अर्ब ८१ करोड ६० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष पनि रिटेन्ड अर्निङ २ अर्ब ६६ करोड ६९ लाख ऋणात्मक थियो भने रिजर्भमा १७ अर्ब २६ करोड ८९ लाख रुपैयाँ थियो।

बैंकले गत वर्ष ३ खर्ब १९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ३ खर्ब ५४ अर्ब ९ करोड निक्षेप संकलन गरी १ खर्ब २५ अर्ब ९७ करोड कर्जा लगानी गरेको थियो। यसरी निक्षेपमा घटबढ भए पनि कर्जा लगानी बढेको छ, जसले बैंकको व्यापारमा चुनौती थपेको छ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) १.८७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल १.४४ प्रतिशत थियो। वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १६.५४ रुपैयाँ कायम छ भने प्रतिशेयर नेटवर्थ १९७.३० रुपैयाँ रहेको छ। पीई रेसियो ३८७.८२ गुणा रहेको छ।

आक्रामक शाखा विस्तार र बजार उपस्थितिले बैंकको बजार भाग बढाएको भए पनि नाफामा आएको गिरावट र खराब कर्जा अनुपातले दीर्घकालीन वित्तीय स्थायित्वमा प्रश्न खडा गरेको छ। राष्ट्र बैंकले पनि विगत निरीक्षणमा बैंकमा कर्जा व्यवस्थापन, ब्याजदर निर्धारण, किस्ता र संस्थागत सुशासनमा कमजोरी देखिएको भन्दै सुधार कार्ययोजना लागू गर्न निर्देशन दिएको थियो।

समग्रमा, एनआईसी एशिया बैंकको वित्तीय स्वास्थ्य कमजोर हुँदै गएको देखिन्छ। बैंकले असुल नहुने कर्जा नियन्त्रण, प्रावधान पर्याप्त राख्ने र जोखिम व्यवस्थापनमा कडाइ गर्ने कदम चाल्न नसके आगामी वर्षमा नाफा वृद्धि सम्भव नहुने विशेषज्ञहरूको चेतावनी छ।

याे पनि,

ऋणीसँग बढी ब्याज असुल्छ एनआईसी एशिया बैंक, राष्ट्र बैंकले गर्‍यो कारबाही

एनआईसी एशियाले लिलामीमा बेच्न खोजेको जग्गा सरकारी अभिलेखमै नभेटिएपछि….

‘विगतमा ‘साथी’ बन्ने प्रतिबद्धता जनायो, आज आफ्ना साथीसँगै लडिरहेको छ’

‘बैंक लिलामीमै अल्झियो, हामी कहाँ जाउँ?’

एनआईसी एशिया बैंकका सीईओको राजीनामा !

संकटमा एनआईसी एशिया बैंक: आठ महिनामै मुनाफा ६७.७५ प्रतिशतले घट्यो

एनआईसीका कम्युनिकेसन प्रमुख भट्टराई कारबाहीमा, मिडियाबाट अनुचित लाभ लिएको आरोप

एनआईसीका अध्यक्ष तुलसीराम अग्रवाल किर्ते कार्यमा संलग्न

संकटमा एनआईसी एसिया, धमाधम बेच्दै स्वामित्वको शेयर

‘बैंक पनि साथी पनि’ भन्दै साथीलाई नै लुट्दै एनआईसी एसिया बैंक

काण्डै-काण्डपछि संकटको बाटोमा एनआईसी एशिया : नाफामा उच्च गिरावट, कर्जा असुली गर्न छुट तर ‘असफल’

संकटको बाटो पछ्याउँदै एनआईसी एसिया, निफ्राबाट किन बाहिरियो?

बैंकको आतंक बढ्दै, ऋणीलाई दिनरात टर्चर दिदैं एनआइसी एसिया, राष्ट्र बैक मूकदर्शक!

धापासीको अर्बौँको जग्गा कौडीको भाउमा कब्जा गर्दै ‘एनआईसी एशिया’

संकटमा एनआइसी: ‘रिकभरी’मा समस्यापछि भाखा नाघेका ऋणीलाई भुक्तानीमा छुट

संकटको बाटो पछ्याउँदै एनआईसी एशिया, ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’

संकटमा एनआईसी: ऋण उठाउन नसकेपछि गुहार्‍यो ‘कम्पनी रजिस्ट्रार कार्यालय’

संकटमा एनआईसी: भू-माफियाको मिलेमतोमा ऋणीको धितो बिक्री, स्थानीय आन्दोलित

संकटमा एनआईसी एशिया बैंक, सेयर भाउ निरन्तर ओरालो

संकटमा एनआईसी एसिया बैंक, राष्ट्र बैंकले गर्‍यो कारबाही

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ