काठमाडौं– वाणिज्य बैंकहरूले नेपाल राष्ट्र बैंकको स्थायी निक्षेप सुविधा अन्तर्गत आइतबार १ खर्ब ८० अर्ब ५५ करोड रुपैयाँ राष्ट्र बैंकमा जम्मा गरेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको हालसम्म वाणिज्य बैंकहरूले एसडीएफमार्फत जम्मा गरेको कुल निक्षेप रकम १ खर्ब ९७ अर्ब नाघेको छ।
बैंकिङ प्रणालीमा तरलता अधिक हुँदा बैंकहरूले अल्पकालीन रूपमा रकम राख्न एसडीएफको प्रयोग गर्दै आएका छन्। राष्ट्र बैंकले बैंकहरूको यस्तो आवश्यकतालाई सम्बोधन गर्न ०८० फागुन १ गतेदेखि यो सुविधा कार्यान्वयनमा ल्याएको हो।
राष्ट्र बैंकले हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार यो सुविधा उपलब्ध गराउँदै आएको छ।
बैंकहरूले तिनै दिनहरूमा तल्लो ब्याजदरमै राष्ट्र बैंकमा रकम जम्मा गर्ने गरेका छन्।
यसअघि असार १२ गते पनि वाणिज्य बैंकहरूले १ खर्ब १९ अर्ब रुपैयाँ राष्ट्र बैंकमा राखेका थिए। ती निक्षेप आइतबार परिपक्व भएपछि बैंकहरूले फेरि तीन दिनको अवधिका लागि १ खर्ब ८० अर्बभन्दा बढी रकम एसडीएफमा राखेका हुन्।
प्रतिक्रिया