+
Search

ताजा अपडेट +

पपुलर +

गरिमालाई ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड

पालिका लाइभ
२०८३ बैशाख २९, मंगलवार

काठमाडौं– गरिमा विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ बाट सम्मानित भएको छ ।

न्यू बिजनेस एजद्वारा काठमाडौंमा आयोजित न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा बैंक सम्मानित भएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित अवार्ड वितरण समारोहमा आयोजकको तर्फबाट विकास बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो ।

यस उपाधिले ग्राहकलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय एवम् प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्यमा थप हौसला प्रदान गरेको बैंकले जनाएको छ ।

यसअघि भारतीय चेम्बर अफ कमर्सद्वारा अगस्ट २९ मा आयोजित इमर्जिङ एसिया बैंकिङ अवार्डमा विभिन्न विधाबाट सम्मानित भएको छ ।

हाल, गरिमा विकास बैंकका देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम एवम् नविनतम डिजिटल बैंकिङमार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित एवम् गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ