+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी मिश्रलाई

पालिका लाइभ
२०८२ असार ११, बुधबार

काठमाडौं- डेपुटी गभर्नर बमबहादुर मिश्रले कायममुकायमको जिम्मेवारी पाएका छन् । गभर्नर डा. विश्वनाथ पौडेल एक कार्यक्रममा सहभागी हुन स्विट्जरल्यान्ड जाँदा कामुको जिम्मेवारी मिश्रलाई तोकिएको हो ।

अर्का डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना बंगलादेश भ्रमण छिन् । मिश्रले पहिलोपल्ट कामुको जिम्मेवारी पाएका हुन् ।

गभर्नर पौडेल बैंक फर इन्टरनेसनल सेटलमेन्टको कार्यक्रममा सहभागी हुन स्विट्जरल्यान्ड गएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ