+
Search

ताजा अपडेट +

पपुलर +

विश्वकप लिग–२

स्कटल्यान्डले दियो नेपाललाई २९७ रनको विशाल लक्ष्य

पालिका लाइभ
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौं– आइसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डले सोमबार नेपाललाई २ सय ९७ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनायो ।

स्कटल्यान्डका चार्ली टियरले सर्वाधिक ८० रन बनाए। ७२ बल खेलेका उनले १२ चौका र एक छक्का प्रहार गरे।

फिनले म्याकक्रियाथले ६७ बलमा तीन चौका र एक छक्कासहित ५५ रन बनाए। कप्तान रिची बेरिङ्टन ४०, माथ्य्यू क्रस ३९, ब्रान्डन म्याकमुलन १९, माइकल लिस्क १८ र जर्ज मुन्से १२ रनमा आउट हुँदा मार्क वाट १० रनमा अविजित रहे।

नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान दुई विकेट लिए। सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो।

रिजनले सर्वाधिक ७८ रन खर्चिए। उनले १० ओभर बलिङ गरेका हुन्। समान ओभर बलिङ गरेका सोमपालले ६६ रन दिए।

अंक तालिकामा स्कटल्यान्ड १६ खेलबाट २० अंक बटुल्दै चौथो स्थानमा छ। चार खेल कम खेलेको नेपाल भने स्कटल्यान्डभन्दा चार स्थान तल नै छ। नेपालले १२ खेल सक्काउँदा जम्मा ६ अंक हात पारेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ