+
Search

ताजा अपडेट +

पपुलर +

नबिल बैंकको क्रेडिट कार्डका लागि असार मसान्तसम्म आवेदन दिए जीवनभर शुल्क तिर्नु नपर्ने

पालिका लाइभ
२०८२ जेष्ठ १४, बुधबार

काठमाडौं– नबिल बैंकले ल्याएको लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड अफर ग्राहकका लागि आकर्षण बनेको छ। ग्राहकको उल्लेख्य सहभागितापछि बैंकले यस अफरको अवधि असार मसान्तसम्म लम्ब्याएको छ।

बैंकका अनुसार अफर अवधिभर क्रेडिट कार्डका लागि आवेदन दिए कुनै पनि वार्षिक तथा नवीकरण शुल्क जीवनभर तिर्नु पर्दैन। यदि कार्ड भाँचियो, हरायो वा क्षति भयो भने मात्र नयाँ कार्डका लागि शुल्क लाग्नेछ।

अफर सकिएपछि कार्ड लिँदा पहिलो वर्षका लागि १ हजार र प्रत्येक वर्ष नवीकरण शुल्क बापत २ हजार तिर्नुपर्ने बैंकले जानकारी दिएको छ।

बैंकले तत्काल नगद बिना नै भुक्तानी गर्ने सुविधालाई आत्मसात गर्दै क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ यो अफर ल्याएको जनाएको छ। यसले ग्राहकलाई आपत्कालीन अवस्थामा समेत आर्थिक सहुलियत प्रदान गर्ने बैंकले बताएको छ।

‘क्रेडिट कार्डमार्फत ग्राहकले पसल, होटल, अनलाइन सपिङ, तथा विभिन्न सेवामा सजिलै भुक्तानी गर्न सक्छन्। यदि तोकिएको समयमा रकम फिर्ता गरियो भने कुनै ब्याज लाग्दैन, जसले आर्थिक अनुशासनमा पनि सहयोग गर्छ,’ बैंकको विज्ञप्तिमा उल्लेख छ।

क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न छुट, क्यासब्याक जस्ता फाइदा पनि प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ ।

ग्राहकले बैंकको जुनसुकै शाखामा गएर वा अनलाइनमार्फत पनि कार्डका लागि आवेदन दिन सक्ने बैंकले बताएको छ।

अनलाइन आवेदन गर्दा स्यालरी सर्टिफिकेट, बैंक स्टेटमेन्ट लगायत आवश्यक कागजातहरू बुझाउनुपर्छ। आवेदन स्वीकृत भएपछि बैंकले डेलिभरी पार्टनर ‘उपाय’ मार्फत कार्डलाई ग्राहकको ठेगानामा पुर्‍याउने व्यवस्था गरेको छ।

बैंकबाट कर्जा लिएका ग्राहकले पनि क्रेडिट कार्ड लिन सक्छन्।

हालसम्म यस्ता ग्राहकहरूलाई अधिकतम २ लाख रुपैयाँसम्मको क्रेडिट लिमिट दिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ