+
Search

ताजा अपडेट +

पपुलर +

पोखराबाट नेपाल प्रहरीका नक्कली डिएसपी पक्राउ

पालिका लाइभ
२०८२ बैशाख ९, मंगलवार

पोखरा– पोखराबाट एक जना नेपाल प्रहरीका नक्कली प्रहरी नायव उपरीक्षक (डीएसपी) डिएसपी पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं. ८ सृजना चोक स्थित रहेको ढावा रेष्टुरेन्ट एन्ड बारबाट आइतबार राती करिब १० बजेको समयमा नक्कली डिएसपी पक्राउ पक्राउ परेका हुन् ।

पक्राउ परेका अभियुक्त बागलुङ नगरपालिका वडा नं.४ कुडुलेफेदी घर भएका वर्ष ३२ को चन्द्रकान्त पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

अभियुक्त पौडेलले उक्त रेष्टुरेन्ट एन्ड बारमा अर्डर गरी आफूले मागे अनुसारको खानेकुराहरू खाए पश्चात म प्रहरीको डीएसपी हुँ भन्दै धाक धम्की दिएको प्रहरीको आरोप छ ।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पौडेलका विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ