+
Search

ताजा अपडेट +

पपुलर +

आईपीएल :

बेंगलुरुले राजस्थानलाई ९ विकेटले हरायो

पालिका लाइभ
२०८१ चैत्र ३१, आईतवार

काठमाडौं– आईपीएलको २८ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ ।

बेंगलुरुले जयपुरको सवाई मानसिंह स्टेडियममा टस जितेर बलिङ रोजेको थियो। राजस्थानले ४ विकेट गुमाएर १७३ रन बनाएको थियो भने त्यो बेंगलुरुले १८ औँ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो ।

आरसीबीबाट विराट कोहलीले आफ्नो टी–२० करियरको १००औँ अर्धशतक पूरा गर्दै ६२ रन बनाउन सफल भए । फिल साल्टले ३३ बलमा ६५ रन बनाए । देवदत्त पडिक्कल ४० रन बनाएर नटआउट रहे । राजस्थानका लागि यशस्वी जैसवालले ७५ रनको इनिङ खेलेका थिए।

यसका साथै, १८ औँ आईपीएल सिजनमा आरसीबीले ६ खेलमा चौथो जित दर्ता गरेको छ । टोलीका चारवटै जित घरेलु मैदानबाटै हासिल गरेको हो भने दुवै हार पनि घरेलु मैदानमा भएको थियो ।

अर्कोतर्फ राजस्थानले ६ खेलमा चौथो हार बेहोरेको छ भने उसले हालसम्म २ खेल मात्र जितेको छ ।

विराट कोहलीले १५ औँ ओभरको तेस्रो बलमा वानिन्दु हसरंगाविरुद्ध छक्का प्रहार गरेसँगै उनले टी–२० मा आफ्नो १०० औँ अर्धशतक पूरासमेत गरेका छन् । विराटले आईपीएलमा ५० भन्दा बढीको ६६ औँ स्कोर पनि बनाएका छन् । यो मामिलामा उनले डेभिड वार्नरको बराबरी गरेका छन् । दुवैले आईपीएलमा ६६ पटक फिफ्टी प्लस स्कोर गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ