+
Search

ताजा अपडेट +

पपुलर +

अभिनेता सुशान्त कार्की अभिनित ‘ओई मेरी रामप्यारी’ सार्वजनिक (भिडिओ)

पालिका लाइभ
२०७९ चैत्र ३, शुक्रबार

काठमाडौं– करिब एक दर्जन चलचित्रमा काम गरिसकेका अभिनेता सुशान्त कार्कीको ‘ओई मेरी रामप्यारी’ बोलको गीत सार्वजनिक भएको छ। लामो समयको अष्ट्रेलिया बसाईपछि गत महिना नेपाल फर्केका कार्कीको यो कमब्याक म्युजिक भिडिओ हो।

सार्वजनिक गीतमा ‘नेपाल आइडल सिजन २’ का विजेता रवी ओडले स्वर लिएका छन् । भिडिओमा भने सुशान्तलाई मोडल तथा टिकटकर लोसिना लामिछानेले साथ दिएकी छन् ।

हर्क साउँदको शब्द रचना र एसडी योगीको संगीत रहेको गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । शिवराम श्रेष्ठकको डिओपी रहेको भिडिओमा नविन निरौलाको कलर तथा सम्पादन तथा प्रमोद कुमार भण्डारीको कोरियोग्राफी र निर्देशन छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ