+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखामा केन्द्रकाे ठाडाे आदेश : कांग्रेसलाई पाँच, माओवादीलाई चार र जसपालाई पालुङटारसहित धार्चे पनि !

लीलाधर काेइराला
२०७९ बैशाख १०, शनिबार

गोरखा– गोरखामा चुनावी तालमेलका लागि बनेको संयन्त्रले भागबन्डा टुङ्गाउन नसकेपछि सत्तारुढ दलका केन्द्रीय नेताहरूले हस्तक्षेप गरेका छन् ।

शनिवार आठौँ पटक बसेको जिल्ला स्तरीय संयन्त्रको बैठकले भागबन्डा मिलाउन नसकेपछि केन्द्रीय नेताहरूले हस्तक्षेप गरेका हुन् ।

जिल्ला संयन्त्रको बैठक विना निष्कर्ष टुङ्गिएपछि केन्द्रमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनता समाजवादी पार्टी (जसपा) का संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईवीच शनिवार राती बालुवाटारमा बसेको बैठकले जिल्लाको भागबन्डा मिलाउन हस्तक्षेप गरेका हुन् ।

साँझ करिब तीन घण्टा बसेको बैठकले जिल्लामा काँग्रेसलाई गोरखा नगरपालिका सहित ५, माओवादीलाई ४ र जसपालाई एक नगरपालिकासहित २ पालिका दिने निर्णय गरेको छ । माओवादीलाई बारपाक सुलिकाेट गाउँपालिका, सहिद लखन गाउँपालिका दिने सहमति भएको छ ।

उता, माओवादीलाई नै अजिरकाेट गाउँपालिका र चुमनुव्री गाउँपालिका दिने सहमति भएको हो। तर, आइतबार बस्ने जिल्ला संयन्त्रको बैठकले थप भागबन्डा मिलाउन बैठक बस्ने काँग्रेसका नेताहरू दाबी गर्छन् ।

यसअघि माओवादी र काँग्रेसबिच भएको छलफलमा काँग्रेसलाई ७ पालिका प्रमुख, ७ उपप्रमुख र माओवादीलाई चार प्रमुख तथा उपप्रमुख दिने सहमतिको ड्राफ्ट तयार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला