+
Search

ताजा अपडेट +

पपुलर +

पार्टीबाट निष्काशनमा परेपछि रामकुमारी झाँक्रीले लेखिन्- बगाएर लाने भो माया तिमीलाई बालै फरर…

पालिका लाइभ
२०७८ जेष्ठ ११, मंगलवार

काठमाडाैं- नेकपा एमालेबाट कारबाहीमा परेकी नेत्री रामकुमारी झाँक्रीले यसखालको निर्णयले आफूलाई केही फरक नपर्ने बताएकी छिन् ।

उनले कारबाहीलाई हल्का रुपमा लिँदै सामाजिक सञ्जालमा व्यंग्यात्मक रुपमा भनेकी छिन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर….।’

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उनीसहित ११ नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।

झाँक्रीले एमाले अध्यक्ष ओलीको चर्को विरोध गर्दै आएकी छिन् । कारबाहीपछिको उनको पोस्टमा एमालेको विवादलाई जोडेर विभिन्न प्रतिक्रिया आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ