+
Search

ताजा अपडेट +

पपुलर +

घुम्न जाँउ न गाेरखाकाे ‘लिगलिगकोट’ सार्बजनिक [भिडियो]

पालिका लाइभ
२०७७ फाल्गुन २२, शनिबार

गाेरखा- नेपालको ऐतिहासिक तथा पर्यटनको गतब्य बोकेको कोटमध्ये काेट लिगलिग कोटेको प्रचार प्रसारका लागि भन्दै विभिन्न कार्यक्रम हुदैं आएका छन् ।

बैदेशिक रोजगारीको सिलसिलामा लामो समयदेखि कतारमा रहेको पालुङटारका रामचन्द्र गिरीले लिगलिग कोटको प्रचार तथा प्रसारका लागि म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गिरिको लय तथा शब्दमा ‘लिगलिग कोट’ भिडियो सार्वजनिक भएकाे हाे । आफ्नो जन्मभुमि प्रतिको माया र पर्यटन बिकासमा टेवा पुर्याउने उदेश्यले बनाईएको गितमा चर्चित गायिका शान्ती श्री परियार र गिरीको आवाज रहेको छ।

गितको म्युजिक भिडियो सुटिङ अत्यन्तै सुन्दर पर्यटकिय ठाउँ लिगलिग कोटमा गरिएको छ। विशाल बैरागीद्वारा निर्देशित भिडियोमा रन्जिता गुरुङ, रिया खड्का, रोशन नेपाली, दिनेश थापा लगायतको अभिनय रहेको छ।

जिल्लाका महत्त्वपूर्ण पर्यटकिय ठाउँहरु लिगलिग कोट, कालिका दरवार, मनकामना, बारपाक लगायत ठाउँको बयान गरिएको छ । गायक गिरीले आउने दिनमा पालुङटार, लिगलिगकोट लगायत पर्यटकीय ठाउँको बिकास र समृद्धिको लागि सहयोग र सहकार्य गर्ने बताएका छन् ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ