+
Search

ताजा अपडेट +

पपुलर +

आज नेकपाका दुवै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग

पालिका लाइभ
२०७७ माघ १६, शुक्रबार

काठमाडौं- आफूलाई आधिकारिक पार्टी दाबी गरिरहेका नेकपाका दुवै पक्षसँग निर्वाचन आयोगले आज (शुक्रबार) छलफल गर्ने भएको छ।

नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र पठाएको आयोगले आज दुवै पक्षसँग छलफल गर्ने भएको हो।

आयोगका प्रवक्ता आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूह अध्यक्ष वा अध्यक्षले तोकेका ५/५ जनालाई शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ