काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीका कारण प्रभु बैंकका चार जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
बैंकको टिमुरे र स्याफ्रुबेशी शाखामा कार्यरत ती कर्मचारी बेपत्ता भएका हुन् ।
बैंकका अनुसार बेपत्ता हुने कर्मचारीहरूमा किशोर गौली, नवाङ तामाङ, नुरसाङ तामाङ र नेत्र प्रसाद रोकाया रहेका छन् ।
उनीहरूलाई यदि कसैले देखेको, भेटेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी पाएमा यथाशीघ्र बैंकलाई जानकारी गराउन बैंकले आग्रह गरेको छ ।
प्रतिक्रिया