+
Search

ताजा अपडेट +

पपुलर +

माछापुच्छ्रे बैंक टिमुरे शाखाका पाँच कर्मचारी सम्पर्कविहीन

पालिका लाइभ
२०८३ भाद्र ११, बिहीबार

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण माछापुच्छ्रे बैंकका पाँच कर्मचारी सम्पर्कविहीन भएका छन् ।

बैंकको टिमुरे शाखामा कार्यरत ती कर्मचारी बेपत्ता भएका हुन् ।

बैंकका अनुसार उक्त शाखामा कार्यरत भीम प्रसाद मेजु, अनुज नेपाल, सबिन महर्जन, पुनम ठाकुर र मिङ्मा तामाङ बेपत्ता भएका हुन् ।

उनीहरूलाई यदि कसैले देखेको, भेटेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी पाएमा यथाशीघ्र बैंकलाई जानकारी गराउन बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ