+
Search

ताजा अपडेट +

पपुलर +

उद्धारसँगै अन्तर्राष्ट्रिय सहयोग जुटाउने काम पनि सरकारले थालिसक्यो : अर्थमन्त्री वाग्ले

पालिका लाइभ
२०८३ भाद्र ११, बिहीबार

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले उद्धार कार्यलाई तीव्रता दिएको बताएका छन्।

सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिले २२ वटा हेलिकप्टरले खोज तथा उद्धारको कार्य गरिरहेको बताए। उनले भूगोल र मौसमले साथ दिएसम्म उद्धारका गतिविधि हुने बताए।

उनले भने, ‘उद्धार र राहतको चरणपछि प्रारम्भिक पुनरुत्थानको चरण आउँछ। त्यसपछि अलि दीर्घकालीन, मध्यकालीन रूपमा चाहिँ हामीले पुनर्निर्माणकै विषयहरूलाई पनि छुनुपर्ने हुन्छ।’

उनले सरकारले अन्तर्राष्ट्रिय सहयोग जुटाउने काम पनि गरिसकेको बताए।

उनले भने, ‘हामीले विश्व बैंकसँग कुरा गरेर करिब २५ अर्ब रुपैयाँ जतिको आर्थिक सहायता जुटाएका थियौँ। चीन सरकारबाट, भारत सरकारबाट, जापान सरकारबाट, एसियाली विकास बैंकबाट पनि सहयोग जुटाउने काम भइरहेको छ।’

उनले राष्ट्रिय संकटका घडीमा सबै एक ठाउँमा आएर समाधान दिने एउटा नेपाली राजनीतिक चरित्र पनि बन्दै गएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ