+
Search

ताजा अपडेट +

पपुलर +

रसुवा बाढी अपडेटः २८ प्रहरी बेपत्ता, १६२ शव फेला र ४१ घाइतेको उपचार जारी

पालिका लाइभ
२०८३ भाद्र ११, बिहीबार

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, विभिन्न जिल्लामा १ सय ६२ वटा शव फेला परेका छन् । रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६, नवलपरासी पश्चिममा २ शव फेला परेको हो ।

यस्तै, बाढीमा परी घाइते ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, त्रिवि शिक्षण अस्पतालमा २० जना, त्रिशूली अस्पतालमा ९ जना, ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, नर्भिक अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना, ग्रिन सिटी अस्पतालमा १ जनाको उपचार जारी छ ।

प्रहरीका अनुसार, आज बिहान ५ बजेसम्ममा बाढीका कारण प्रभावित विभिन्न प्रहरी कार्यालयका २८ प्रहरी कर्मचारी सम्पर्कविहीन छन् । यस्तै, बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि ३ हजार ३ सय १८ प्रहरी टोली परिचालन गरिएको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ