+
Search

ताजा अपडेट +

पपुलर +

चुमनुब्रीका जनप्रतिनिधि र कर्मचारीले उद्धार कोषमा सहयोग गर्ने

पालिका लाइभ
२०८३ भाद्र ११, बिहीबार

काठमाडाैं- भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउन गोरखाको चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट रकम सहयोग गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्।

गाउँपालिकाका राजनीतिक पदाधिकारी र कर्मचारीले आफ्नो पद तथा तहअनुसार निश्चित रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। प्रतिबद्धताअनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षले जनही २० हजार रुपैयाँ, वडाध्यक्षले १० हजार, कार्यपालिका सदस्यले ८ हजार तथा वडा सदस्यले ५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष नीमा लामाले बताए ।

त्यस्तै, सातौँ तहका कर्मचारीले १५ हजार, छैटौँ तहका कर्मचारीले १२ हजार, पाँचौँ तहका कर्मचारीले ८ हजार, चौथौँ तहका कर्मचारीले ५ हजार र श्रेणीविहीन कर्मचारीले २ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा विपद् व्यवस्थापनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने गाउँपालिले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ