+
Search

ताजा अपडेट +

पपुलर +

चीनमा विकास गरिएको कोरोना खोप अब ३ महिनाभित्र बजारमा आउने दाबी

पालिका लाइभ
२०७७ भाद्र ३, बुधबार

काठमाडौं- चीनको सिनोफार्म कम्पनीले यो वर्ष (सन् २०२०) को अन्त्यसम्म कोरोना भाइरसविरुद्धकाे खाेप बजारमा आइसक्ने दाबी गरेेकाे छ।

सिनोफार्ममा अध्यक्ष लिउ जिंगझेनले पत्रकारसँगकाे कुराकानीमा खाेपकाे तेस्रो परीक्षण संयुक्त अरब इमिरेट्स (यूएई) मा चलिरहेको जानकारी दिँदै यो डिसेम्बरसम्म बजारमा आउने अपेक्षा गरिएको बताएका हुन्।

चीनकाे सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार उनले त्याे खाेप आफूले पनि लिएकाे उल्लेख गर्दै कुनै पनि साइड इफेक्ट नदेखिएकाे बताएका छन्।

खबरअनुसार चीनका बेइजिङ र वुहान सहरस्थित वर्कसपबाट वर्षमा क्रमशः १०‍.२ करोड र १० करोडसम्म खाेप उत्पादन हुनसक्छ। जसकाे २ डोजको मूल्य हजार युआन अर्थात् नेपाली रुपैयाँ करिब १७ हजार हुनेछ।

मूल्यका विषयमा कतिले चिन्ता व्यक्त गरेका छन्। ग्रामीण क्षेत्रमा बस्नेका लागि यो निकै महँगो हुने र खोप लगाउन नसक्ने उनीहरुकाे भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ