+
Search

ताजा अपडेट +

पपुलर +

डान्स गर्दा गर्दै स्टेजमै ढलिन् नेहा कक्कर

पालिका लाइभ
२०७६ कार्तिक २५, सोमबार

काठमाडाैं- चर्चित गायन रियालिटी शो इण्डियन आइडल दर्शकहरुले अत्याधिक रुचाइरहेका छन् । विभिन्न ठाउँबाट आएका प्रतिभावान गायकहरुले यसमा आफ्नो क्षमता देखाइरहेका छन् ।

यो शो की एक जज नेहा कक्कर सुरुवात देखि नै चर्चामा छाएकी छन् । उनी थुप्रै पटक ट्रोलको शिकार पनि भएकी छन् ।

पछिल्लो पटक सोनी टिभिले आफ्नो आधिकारिक सामाजिक सञ्जालका अकाउन्टमा शो को एक भिडियो शेयर गरेको छ । जसमा नेहा आदित्य नारायणलाई डान्सका लागि च्यालेन्ज गरिरहेकी देखिन्छन् ।

नेहा र आदित्य ‘दिलबर’ गीतमा डान्स गर्छन् । तर अचानक डान्स गर्दै गरेकी नेहाको ब्यालेन्स बिग्रन्छ । उनी स्टेजमै ढल्छिन् । ढलेकी नेहालाई आदित्य उठाउँछन् र उनीसँग माफी पनि माग्छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ