+
Search

ताजा अपडेट +

पपुलर +

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौं विश्वविद्यालयमा सम्पन्न

पालिका लाइभ
२०८२ पुष ७, सोमबार

काठमाडौं– हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ ।

काठमाडौं विश्वविद्यालयमा आयोजित प्रदर्शनीले नेपाली शिक्षक तथा विद्यार्थीहरूलाई प्रविधि र संस्कृतिको संयोजनमा आधारित चिनियाँ एनिमेसनको अनुभव लिएका छन् । कार्यक्रममा चीन–नेपाल सांस्कृतिक आदानप्रदानलाई थप सुदृढ बनाउने उद्देश्य राखिएको थियो।

गत बुधवार एआईसम्बन्धी जानकारी दिँदै द स्पिरिट अफ द माउन्टेन्स चलचित्रको विशेष प्रदर्शन गरिएको थियो । त्यसपछि सेतो सर्प चलचित्रको स्क्रिनिङ, रचनात्मक टोलीसँग अनलाइन संवाद तथा ब्लाइन्ड–बक्स गतिविधि आयोजना गरिएको थियो । परम्परागत चिनियाँ कथामा आधारित यस चलचित्रले विद्यार्थीहरूको विशेष ध्यान तानेको थियो।

यस्तै गत बिहीबार ‘फिंगरटिप क्रिएशन्स’ कार्यशाला कार्यक्रमको मुख्य आकर्षण बन्यो । नेपाली कालिगडहरूले परम्परागत हस्त निर्मित कागज बनाउने प्रक्रिया प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले सोही कागज प्रयोग गरी चिनियाँ एनिमेसन चलचित्रका पात्रहरूबाट प्रेरित पोस्टर तथा चित्रहरू तयार पारे । यसले चिनियाँ एनिमेसन र नेपाली हस्तकलाबीचको सुन्दर संयोजन प्रस्तुत गरेको सहभागीहरूले बताए । सोही दिन नयाँ देवताहरू याङ जियान चलचित्रको पनि प्रदर्शन गरिएको थियो ।

समापन कार्यक्रममा बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर झाङ यानले एआई प्रविधिले फिल्म उद्योगमा ल्याइरहेको परिवर्तनबारे जानकारी दिए । साथै चिनियाँ फिल्मसँग सम्बन्धित सांस्कृतिक तथा रचनात्मक सामग्रीहरू प्रदर्शनीमा थिए ।

कार्यक्रममा लेजेन्ड्स अफ हेई २ चलचित्रको प्रदर्शनपछि नेपाली विद्यार्थी र चिनियाँ टोलीबीच सामूहिक तस्बिर तथा हस्ताक्षर कार्यक्रम आयोजना गरिएको थियो ।

आयोजकका अनुसार त्रिभुवन विश्वविद्यालयदेखि काठमाडौं विश्वविद्यालयसम्म आयोजना गरिएको यस प्रदर्शनीले नेपाल र चीनबीचको शैक्षिक तथा सांस्कृतिक सहकार्यलाई अझ नजिक ल्याउने महत्त्वपूर्ण भूमिका खेलेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ