काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लामो इतिहास भएका कम्युनिस्ट पार्टीहरू आज कहाँ छन् भनेर खोज्नुपर्ने अवस्था पुगेको बताएका छन्। सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘धेरै पुराना पार्टीहरू एक ढङ्गले भन्दाखेरि लामो इतिहास भएका कम्युनिस्ट पार्टीहरू आज उनीहरू कहाँ छन् भनेर खोज्नुपर्ने अवस्था छ। मोहन विक्रम सिंहजीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी मसाल आज त्यो छ कि छैन भन्ने अवस्था सिर्जना भएको छ।’
हिंसाको बाटो परित्याग गरेर शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोमा माओवादीले ६४ सालको निर्वाचनमा उल्लेखनीय सफलता प्राप्त गरेपछि अहिले कमजोर बनेको बताए।
उनले भने, ‘विभिन्न कालखण्डमा जब माओवादी फुट्दै फुट्दै गयो, उसले भुलत्रुटीहरू गर्दै गर्दै गयो, आज माओवादी सरभाइभ हुन सक्छ त? त्यसले प्रगति गर्न सक्छ त? भन्ने प्रश्न उपस्थित भएको छ।’
अन्तर्राष्ट्रिय अनुभव र आफ्नै अनुभवको आधारमा अघि बढ्नुपर्ने बताए।
उनले थपे, ‘सही विचारलाई बोकेर हिँड्ने शक्तिशाली सङ्गठनले नै पार्टीको सुन्दर भविष्यको सुनिश्चितता गर्न सक्छ। त्यसकारण सदस्य नवीकरण योसँग जोडिएको हुन्छ भन्ने कुरालाई हामीले बुझ्नुपर्छ। एमालेले लोकतान्त्रिक, कम्युनिस्ट आन्दोलनको धाराको प्रतिनिधित्व गर्दै अगाडि बढेको छ।’
प्रतिक्रिया