+
Search

ताजा अपडेट +

पपुलर +

मदन र मनकुमारीको आवाजमा ‘भिरको चिउरी’ [भिडियो]

पालिका लाइभ
२०७६ कार्तिक १८, सोमबार

काठमाडौं- नेपाली लोक गीत संगीतमा मौलिक भाकामा आधारित गीतहरु बजारमा निरन्तर आइरहेको अवस्थामा गायक मदन ढकाल र गायिका मन कुमारी मगरको आवाजमा ‘भिरको चिउरी’ गीतको भिडियो सार्वजनिक भएको छ।

युगल जोडीको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ। गीतमा प्रेमका भावहरुलाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ।

मदन ढकालको मौलिक शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ। अमन राना मगरको छायाँकन, रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन मा भिडियो तयार गरिएको छ।

गीतको भिडियोमा रमेश बावु थापा मगर र अनु पराजुलीको नृत्य तथा अभिनय रहेको छ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ