+
Search

ताजा अपडेट +

पपुलर +

पहिलो विवाह असफल भएपछि विवाहप्रति ‘रीमा’को यस्तो धारणा

पालिका लाइभ
२०७६ कार्तिक ७, बिहीबार

काठमाडौं- अभिनेत्री रीमा विश्वकर्मा आफ्नो जिन्दगी स्वतन्त्र भएर जिउँदैछिन्। दुई वर्षअघि मात्रै पति रोबर्ट विश्वकर्मासँग उनको डिभोर्स भएको हो । तर अब कतिले रीमालाई बिहेबारे धारणा पनि सोध्छन्।

त्यस्तो प्रश्न गर्नेलाई रीमाको जबाफ एउटै हुनेगर्छ, ‘अहिले नै बिहेबारे सोचेकी छैन।’ हालै एक कार्यक्रममा रीमालाई मिडियाले बिहेबारे नै प्रश्न तेर्साए। रीमाले आफूले एकपटक बिहे गरेर चेतिसकेको बताइन्।

उनले भनिन्, ‘एकचोटी बिहे गरेर चेतिसकेँ। दास्रो पटक गर्न त कति सोच्नुपर्ला, होइन त?’ रीमाको जबाफले प्रस्टै हुन्छ, अहिले नै उनी बिहे गर्ने सोचमा छैनन्।

रीमाको जबाफले त ‘सिंगल लाइफ रक्स’ नै भन्ने नै देखाउँछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ